२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

नेपाल अमेरिकासँग पराजित

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल भएको छ । गएराति भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग पराजित ३९ रनले पराजित भएको हो ।

जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले सर्वाधिक ६३ रन जोडे । उनले ७६ बलमा ३ चौका प्रहार गरेका थिए ।

सोमपाल कामी ४७ रन, आसिफ शेखले १८ रन, रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले ७ रनमा मात्रै जोडे । करण केसी भने एक रनमा बोल्ड आउट भए । अमेरिका लागि सौरभ नेत्रवालकर र अली खानले ३(३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिका गजानन्द सिंहले ६० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ८३ बलमा ७ चौकासहित ५४ रनको योगदान दिए ।

नेपाल अमेरिका भ्रमणमा पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग खेल टाइ भएको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com