२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो ।

केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताए​। शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com