२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

कार विष्फोटमा पत्रकारको मृत्यु

कार विष्फोटमा पत्रकारको मृत्यु

एजेन्सी । यमनको दक्षिणी बन्दरगाह शहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विष्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

साबेर नोमान अल -हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) ले एडेनको मन्सौरा जिल्लामा ठूलो विष्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने शर्तमा बताएका छन् ।

राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म कुनै समूहले विष्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले धेरै उत्तरी प्रान्तहरू कब्जा गरे र साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालिएका थिए।

स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेका छन् । यद्यपि, रणनीतिक यमन बन्दरगाह शहरमा छिटपुट बम विष्फोटका घटनाहरू र गोलीबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com