२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कैलालीको गेटामा तत्काल तीन सय शैयाको अस्पताल बन्छ : प्रधानमन्त्री देउवा

कैलालीको गेटामा तत्काल तीन सय शैयाको अस्पताल बन्छ : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडि बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रवार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बताए ।

आफू सुदूरपश्चिमकै नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

‘मेडिकल विश्व विद्यालय बनाउनेकी प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौँला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ ।’
९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटामा तत्काल सेवा सञ्चालन हुनुपर्ने भन्दै अत्तरिया संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रवार धनगढी आएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेको देउवा विद्यार्थीलाई दीक्षित प्रमाण पत्र वितरण गरेर धनगढीस्थित आफ्नै निवासमा बसेका छन् ।

प्रधानमन्त्री देउवाले शनिवार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com