२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एसपीपी तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग

एसपीपी तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग

जनसेवा न्युज डटकम संवाददाता

पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ ।

सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ ।

सम्झौताले नेपालजस्तो सानो मुलुकले अवलम्बन गरिरहेको र नेपालको संविधानमा समेत लेखिएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति धुजा धुजा हुने र नेपाल चीनविरुद्ध अमेरिकासँगको सैनिक गठबन्धनमा सामेल भएको समेत प्रमाणित हुने समूहले बताएको छ ।

एमसीसीको अनुमोदनबाट आर्थिक रुपमा इण्डो९प्यासिफिक रणनीतिको हिस्सेदार हुनेतिर धकेलिएको नेपाल अमेरिकासँगको यो सैनिक सहकार्यको सहमतिबाट नेपाली भूमिमा अमेरिकी सैनिक नै उत्रने बिन्दुमा पुग्नेछ, समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र नागरिकको समूहबाट श्याम श्रेष्ठ, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, प्रेम कैदी, रुक्म लामिछाने, महादीप पोखरेल, शम्भु कटेल,नीमकान्त पान्डे, भुवन फुँयाल, डी बी नेपाली, रामचन्द्र बानियाँ, मीनराज गुरुङ, अग्नि शमशेर, उत्तमकुमार शाह, नीमबहादुर थापा, लक्ष्मण उप्रेती, मुकुन्द आचार्य, लेखनाथ न्यौपाने, अच्युत राज ज्ञवाली,लेखराज रेग्मी, डा अमर शाह, एकलाल श्रेष्ठ, नीलकण्ठ तिवारी, भरत शर्मा बस्याल, प्रमोद धिताल, अनिता पन्डित, अभय श्रेष्ठ, मनोज खतिवडा, मोहन खतिवडा, रामराज रेग्मी, यादव देवकोटा, राजन तिमल्सिना, ज्योतिलाल वन, राजु कार्की, अमृत अधिकारी, आजाद खड्का,निनु चापागाईँ, हेमन्त सेंढाई, रघु घिमिरे, कलाधर पौडेल, सुवास देवकोटा, रमेश शर्मा अधिकारी, मणि थापा, श्रीधर अधिकारी, लोकनारायण सुवेदी, अजीव पौडेल, सुरेश कार्की, शरद वन्त, मोहन बहादुर केसी चन्दा थापा, मीना शर्मा, सन्देश अर्याल, फर्शुराम भुर्तेल, नारायण शर्मालगायतले सम्पूर्ण देशभक्त नेपालीहरू, नेपाल सरकार, सबै तहका जनप्रतिनिधिहरू, राजनीतिक दलहरू र नेपाली सेनालाई एकजुट भएर राष्ट्रको हितमा नरहेको एसपीपी प्रस्तावलाई सदाको लागि इन्कार गर्न आह्वान गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com