२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

जनसेवा न्युज डटकम संवाददाता

प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । शर्माले सिरिया स्थित ग्ल्म्इँ को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुको बारेमा जानकारी लिनेछन् ।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेबनान र सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ । शर्मासहितको टोली आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com