२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आज संसदीय समितिमा उपस्थित हुँदै प्रधानमन्त्री, अमेरिका भ्रमणबारे जवाफ दिने

आज संसदीय समितिमा उपस्थित हुँदै प्रधानमन्त्री, अमेरिका भ्रमणबारे जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । प्रधानमन्त्री देउवा उक्त समितिमा उपस्थित भएर आसन्न अमेरिका भ्रमणबारे जवाफ दिने कार्यक्रम रहेको छ ।

बिहान १० बजे संसदीय सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा विवास्पद ‘एसपीपी’ सम्झौताबारे सरकारको निर्णय र प्रम देउवाको अमेरिका भ्रमणबारे उठेका प्रश्नहरुको जवाफ माग गरिने जनाइको छ । देउवाले सरकार प्रमुखका तर्फबाट समितिलाई जवाफ दिनेछन् ।

यसअघि शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको भनाइ मौखिकरूपमा नभई लिखित रुपमा सरकारको निर्णयकै रूपमा आउनुपर्ने निष्कर्ष निकालेको थियो । र, सोही बैठकले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल गरेको थियो ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको औचित्यमाथि प्रश्न उठिरहेका बेला समितिले सो भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न, नगराउन सरकारलाई निर्देशन समेत दिइसकेको छ । यसबारे आजको बैठकमा थप छलफल गरेर आवश्यक निर्देशन दिने बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com