२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

अमेरिकी राष्ट्रपति वाइडेन साइकलबाट लडे, अवस्था सामान्य

अमेरिकी राष्ट्रपति वाइडेन साइकलबाट लडे, अवस्था सामान्य

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेको भिडियो सार्वजनिक भएको छ । उनी आफ्नो घर रहेको अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै साइकलबाट लडेका हुन् ।

उनी साइकलबाट लड्दा कुनै ठूलो चोट भने नलागेको बताइएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको टिमले नै वाइडेन लडेको भिडियो पोष्ट गरेको छ ।

भिडियोमा वाइडेन लड्ने वित्तिकै उठेका छन् । उठ्ने वित्तिकै उनले आफू ठिक भएको प्रतिक्रिया दिन्छन् ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपति वाइडेनले बताएका छन् ।

७९ वर्षीय वाइडेन प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका बेला लडेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com