२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

दिल्लीको मुख्यमन्त्रीमा अतिशीले लिइन् सपथ

काठमाडौँ – आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएकी छिन् ।

आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन् ।

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेका हुन् ।

आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट आफू खुसी भएको सपथपछि नेतृत्व परिवर्तनबारे बोल्दै आतिशीले बताइन् ।

उनले आफ्नो पदबाट राजीनामा दिएकोमा दुःखी भएको बताएकी छिन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com