२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

न्यूयोर्क । विश्वभर विस्थापित बालबालिकाको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

यो संख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विशेष गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।

‘दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ । विशेष गरेर हिंसात्मक घटनाहरुका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रूस(यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com