२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रधानमन्त्री जवाफ दिन नआएपछि संसदीय समितिको अपमान भएको ठहर

प्रधानमन्त्री जवाफ दिन नआएपछि संसदीय समितिको अपमान भएको ठहर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाए पनि देउवा भने अनुपस्थित भएका छन् । प्रधानमन्त्रीले समितिलाई नटेरेपछि समिति सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भएको बताएकी छन् ।

आजको बैठकमा समितिले प्रम देउवाको अमेरिका भ्रमणबारे सवालजवाफ गर्ने तय भएको थियो । तर उक्त बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि समितिको अपमान भएको ठहर गरिएको छ ।

सभापति निरौलाले आज बिहान पनि समितिको बैठकमा सहभागिताका लागि प्रधानमन्त्रीलाई आफूले आग्रह गरेको बताइन् । तर प्रधानमन्त्री देउवाले भने आफूलाई औपचारिक पत्र नआएको भन्दै बैठकमा उपस्थित नहुने जवाफ आएको समितिलाई जानकारी गराइन् । यस घटनामा उनले भनिन्, ‘यसरी ताकेता गर्दा पनि प्रधानमन्त्रीज्यूले बैठक उपस्थित नभएर संसदीय समितिकै अपमान गर्नुभएको छ ।’

विवास्पद एसपीपी सम्झौतामा सरकारको निर्णय र प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे बैठकमा छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री जवाफका लागि उपस्थित भएनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com