२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकियो : अध्यक्ष प्रचण्ड

पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकियो : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको दाबी गर्नुभएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीहरूको नयाँ एकताको शृङ्खला नजिकिएको बताउनुभएको हो । उहाँले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गर्नुभयो । अध्यक्ष दाहालले कर्मचारीहरूभित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब करिब करिब सबै पूर्वमाओवादी भन्ने जति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुङ्गोमा पुग्दैछ ।’

अध्यक्ष दाहालले कर्मचारीभित्र र समग्र राजनीतिक वृत्तमा पनि सङ्घीयता कमजोर बनाउने काम भइरहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरूले सङ्घीयता वा सङ्घीय निजामती ऐन अघि बढाउने कुरा वा वृत्तिविकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरूलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले गठबन्धनको बैठकमा निजामती ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पालिकामा काम गर्ने कर्मचारीहरूको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com