२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

पानामा नहर कब्जा गर्ने ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै पानामा नहर कब्जा गर्ने धम्की दोहोर्‍याएका थिए ।

ट्रम्पसँग अहिले विश्वको सबैभन्दा शक्तिशाली सेना छ, यदि उसले धम्की दियो भने अमेरिकाले सेना पठाएर यो रणनीतिक नहर कब्जा गर्ने प्रयास गर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तर, ट्रम्पको धम्कीपछि पानामाले भने संयुक्त राष्ट्र संघको बाटो हेरेको छ । पानामाको तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखिएको छ ।

यस पत्रमा पानामाले संयुक्त राष्ट्र बडापत्रको त्यो धारालाई उद्धृत गरेको छ, जसले देशको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बलको प्रयोग वा धम्कीलाई रोक्ने क्षमता राख्छ । ट्रम्पको धम्कीलाई चिन्ताजनक भन्दै पानामाले यसबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा छलफल गर्नुपर्ने बताएको छ, यद्यपि, पत्रमा तत्काल सुरक्षा परिषदमा बैठक बोलाउन माग भने उसले गरेको छैन ।

यसअघि ट्रम्पले चुनावी भाषणको क्रममा दिएको पानामा नहरसँग सबन्धित अभिब्यक्तिका बारेमा पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकाले पानामालाई नहर उपहार दिएको भन्दै ट्रम्पको दाबीलाई अस्वीकार गरेका थिए । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा मुलिनोले भने, ‘ट्रम्पले भनेका सबै कुरालाई हामी पूर्ण रूपमा अस्वीकार गर्छौं। पहिलो, यो झूट हो र दोस्रो, पानामा नहर पानामाको हो र सधैं पानामाको रहनेछ। पानामा नहर अमेरिकाले दिएको उपहार वा सहयोग थिएन।’

सोमबार भएको सपथ ग्रहण कार्यक्रममा ट्रम्पले पानामा नहरको स्वामित्व अमेरिकाले लिने बताउँदै चीनको निगरानी हटाउने घोषणा गरेपछि पानामाले राष्ट्र संघ गुहारेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com