२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको छ : केपी ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको हितमा नभइ देशको स्वाधीनतालाई कमजोर पार्न र आफ्नो स्वार्थ पुरा गर्न भू-राजनीतिको विषय उठिरहेको बताएका हुन् । उनले भू-राजनीतिको नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्न नहुने धारणा राखे ।

सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग खेलवाड गर्न नहुने र ठूला बलियाका प्रतिस्पर्धामा पर्न नहुने उनले बताए । ओलीले छिमेकीहरूले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने र सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्नेमा जोड दिए । त्यस्तै ओलीले जनताको बुहदलीय जनवादमा एमालेको स्वार्थ नभएको र जननेता मदन भण्डारीको अगुवाइमा देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरिएको धारणा राखे ।

कार्यक्रममा फाउण्डेशनले २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरेको थियो । केन्द्रलाई सम्मान गर्दै ओलीले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिए । चिया निर्यातका क्वारेन्टाइन लगायतका समस्या समाधान गर्न सरकारसँग आफूले कुरा गर्ने उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com