२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सूचना र प्रविधिको दुरूपयोग गर्ने १३ जना पक्राउ

सूचना र प्रविधिको दुरूपयोग गर्ने १३ जना पक्राउ

काठमाडौँ । सूचना र प्रविधिको दुरूपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाइ ठगी गर्न खोज्‍ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानमा उनीहरूले विदेशी नागरिकको बैंक विवरण समेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्‍न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

यही असार ३ गते पक्राउ परेका उनीहरूलाई आज अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ ।

भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका(४ स्थित धुम्बाराहीमा अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरूले अवैध गतिविधि गरेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्‍चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरू निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ । रासस

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com