२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीले बोलायो बैठक, अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने

एकीकृत समाजवादीले बोलायो बैठक, अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बोलाएको छ। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर असार १० गते पोलिटब्यूरो ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार एकीकृत पोलिटब्यूरोको बैठक पार्टी कार्यालयमा र केन्द्रीय कमिटी बैठक कार्की ब्याङ्क्वेटमा हुने छ । करिब १५ सय सदस्य रहेको केन्द्रीय परिषदको बैठक प्रज्ञाभवन कमलादीमा गरिने उनले बताए । पार्टीको तीन वटा कमिटीमा चुनावी समीक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने तुलाधरको भनाइ छ । त्यसमा समसामयिक राजनीतिका समग्र पक्ष समेटिने छ । अध्यक्षको प्रतिवेदनमा मुख्य रुपमा अर्थतन्त्र, एसपीपी, चुनावको निर्मम समीक्षाको पाटो र गठबन्धनभित्रको समीक्षाको कुरा समेटिने छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने उनले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com