२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

१० वर्षे माओवादी युद्धको औचित्य पुष्टि हुन सकेन : ओली

१० वर्षे माओवादी युद्धको औचित्य  पुष्टि हुन सकेन : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसकाविरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए ।

‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्‍ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई न टुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’

पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूल परिवर्तन गर्न सकिने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com