२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्र बैंकको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको हो : सेबोनका अध्यक्ष हमाल

राष्ट्र बैंकको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको हो : सेबोनका अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताएका छन् । मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताए ।

उनले पूँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए । अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताए ।

उनले भने, ‘ हामीले विज्ञहरुसँग लिएको रायको आधारमा अहिले बजार घटेर शेयर लगानीकर्तालाई अफ्ठ्यारो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा शेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो जस्तो लाग्छ । विज्ञहरुले पनि त्यही भन्छन् ।’

उनले थपे, ‘४/१२ को नीतिको कारण मार्केटमा सेलर्स मार्केट क्रेट भयो । बाहेस मार्केट भएन भन्दा अहिले निरन्तर रुपमा बजार तल जानुमा प्रमुख कारण हो भन्ने कुरा आउँछ । अर्को १५० जोखिम भारित औषत छ ।

अध्यक्ष हमालले विश्वका अन्य देशमा शेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको बताए । उनले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताए ।

अध्यक्ष हमालले लगानीकर्ताको सबै मागहरु पूरा गर्न सम्भव नभएको पनि बताए । लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको भएको बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com