२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अल्पसंख्यक सुनुवार समुदायबाट पालिका प्रमुखमा दुईजनाको प्रतिनिधित्व

अल्पसंख्यक सुनुवार समुदायबाट पालिका प्रमुखमा दुईजनाको प्रतिनिधित्व

काठमाडौं । अल्पसंख्यक सुनुवार समुदायबाट यसपटकको स्थानीय तह निर्वाचनमा दुईजना पालिका प्रमुखमात्र निर्वाचित हुन सफल भएका छन् ।

विशेषगरि दोलखा,रामेछाप,ओखलढुंगा र सिन्धुलीमा थातथलो रहेका सुनुवार समुदायबाट पालिका प्रमुखमा उम्मेदवारी दिएकामध्ये दुईजनालेमात्र जित निकाल्न सफल भएको सुनवार सेवा समाजले जनाएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट शेरबहादुर सुनुवार निर्वाचित भएका छन् । त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा पनि एमालेकै पार्वती सुनुवार निर्वाचित भएकी छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका अध्यक्षमा दोस्रोपटक उम्मेदवार बनेका निवर्तमान अध्यक्ष खड्गवहादुर सुनुवार भने यसपटक गठबन्धनसँग पराजित भएका छन् ।

उमाकुण्ड गाउँपालिकामा शेरबहादुर सुनुवार दोस्रोपटक निर्वाचित हुँदा उपाध्यक्षमा पनि सनुवार समुदायकै सावित्री सुनुवार निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन् ।

शेरबहादुरले कांग्रेसका जितवहादुर कटुवाललाई १,५५६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । सुनुवारले ३,७२८ मत पाउँदा कटुवालले २,१७२ र माओवादीको समर्थन पाएका राप्रपाका हिक्मत सुनुवारले २१४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी पार्वती सुनुवारले पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार नृपबहादुर भुजेललाई ४५ मतको झिनो अन्तरमा पराजित गरेकी छन् ।

पार्वतीले ४,०६२ मत पाए र जित्दा गठबन्धनका भुजेलले ४,०१७ मत पाएका थिए । अध्यक्षमा निर्वाचित भएकी पार्वती यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

सुनुवार समुदायबाट सिमित ठाउँमामात्र पालिका प्रमुखमा टिकट पाउँनु र ठूला दलमध्ये एमालेले मात्र अध्यक्ष उम्मेदवार बनाएकाले प्रतिनिधित्व जनसंख्या अनुपातमा हुन नसकेको सुनुवार सेवा समाजले जनाएको छ ।

वडाध्यक्षहरुमा भने दोलखा ,रामेछाप, ओखलढुंगा लगायतका केही जिल्लामा निर्वाचित भएका छन् ।

सो समुदायबाट संघीय संसदमा एमालेका यज्ञराज सुनुवार ओखलढुंगाबाट निर्वाचित भएका छन् । उनी सुनुवार समुदायका एकमात्र सांसद हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com