२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत भएको खेलमा युएईले नेपाललाई जितका लागि विशाल लक्ष्य दिए

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत भएको खेलमा युएईले नेपाललाई जितका लागि विशाल लक्ष्य दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १ सय ९३ रनको लक्ष्य दिएको हो।

युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो । चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रन बनाए। उनले ५ चौका र ५ छक्का हिर्काए ।
त्यस्तै, रोहन मुस्ताफाले ३५ बलमा ४९ रनको योगदान दिए। उनले ५ चौका र २ छक्का हानेका हुन्।

मोहमद वासिमले १३ बलमा २२ रन जोड्दा मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com