२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

हवाई इन्धनको पनि मूल्य घटाउन माग

हवाई इन्धनको पनि मूल्य घटाउन माग

निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो।

अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम) ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको भनाइ छ। कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रूपमा बन्द हुँदा वायुसेवा सबैभन्दा बढी मारमा परेको र विदेशी पर्यटक आगमनमा खासै सुधार हुन नसकेको हुनाले वायुसेवा कम्पनीहरूले धान्नकै लागि सस्तो भाडामा आफ्नो सेवा सञ्चालन गर्न बाध्य रहेको संघको भनाइ छ। आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com