२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

काठमाडौँ- सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल परराष्ट्र सेवातर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणी (सचिव) रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ भने विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यसअघि सिंहदरबारमा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा भएको थियो । चौमासिक समीक्षा सन्तोषजनक नपाइएको प्रवक्ता शर्माले बताइन् ।

चौमासिक समीक्षामा केही मन्त्रीहरू कार्य व्यस्तताका कारण अनुपस्थित भएकाले पुन: अर्को बैठक बस्ने उनले जानकारी दिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com