२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

दक्षिण अफ्रिकालाई दिने सहायता रोक्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् ।

‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही विशेष वर्गका व्यक्तिहरुसँग नराम्रो व्यवहार गरिरहेको छ । यो निकै नराम्रो स्थिति भए पनि यसबारे कट्टर लेफ्ट मिडियाले धेरै कुरा गरेका छैनन्,’ सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको छ । अमेरिकाले यसविरुद्ध कदम उठाउने छ ।’

उनले यससम्बन्धी अध्ययन पूरा नभएसम्मका लागि दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहायता बन्द गरिदिने उल्लेख गरेका छन् ।

एक सरकारी आँकडा अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहायता दिएको थियो ।

यसअघि ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशतको दरले र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतको दरले ट्यारिफ लगाउने निर्णय गरेका थिए ।

राष्ट्रपति ट्रम्पले गत महिना दक्षिण अफ्रिकासँगको सम्बन्धलाई लिएर आफू चिन्तित भएको अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com