२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने

चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने

एजेन्सी । चीनको बेल्ट एन्ड रोड ९बीआरआई० परियोजनालाई चुनौती दिन धनी राष्ट्रहरूको समूह जी सेभनले ६ सय अर्ब अमेरिकन डलर परिचालन गर्ने भएको छ ।

अघिल्लो वर्ष ब्रिटेनमा भएको जी सेभनको वार्तामा घोषणा गरिएको विश्वव्यापी पूर्वाधार र लगानीसम्बन्धी साझेदारीलाई कार्यान्वयन गर्ने निर्णय पुनः गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजनाले सबैलाई लाभ हुने बताए ।

उक्त योजनाले जी सेभनका नेताहरूलाई मध्यम तथा न्यून आय भएका देशहरूमा पूर्वाधार परियोजनाका लागि पाँच वर्षमा ६ सय अर्ब डलर जुटाउन भनेको छ ।

अमेरिकाले २०० अर्ब डलर अनुदान, सङ्घीय कोष र निजी लगानीमार्फत् उपलब्ध गराउने वाचा गरेको छ भने युरोपेली सङ्घले थप ३०० अर्ब यूरो दिने भनेको छ ।

यो अभियानले जलवायु परिवर्तनका प्रभावसँग सङ्घर्ष गर्न, विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल पूर्वाधार निर्माणमा सघाउने लक्ष्य राखेको छ ।
प्राथमिकता दिइएका केही परियोजनामा एङ्गोलामा एउटा सौर्य ऊर्जा परियोजना, सेनिगलमा खोप उत्पादन केन्द्र निर्माण र इजिप्ट र होर्न अफ अफ्रिकाहुँदै सिङ्गापुर र फ्रान्सलाई जोड्ने १,६०९ किलोमिटर दूरसञ्चार केबल बिच्छ्याउने पनडुब्बी आदि पर्छन् ।

यो अभियानलाई चीनको महत्त्वाकाङ्क्षी बीआरआई परियोजनालाई चुनौती दिने उपायका रूपमा प्रस्तुत गरिँदै आएको छ ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआईले उदीयमान देशहरूलाई बन्दरगाह, सडक र पुलजस्ता पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com