२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

रोकिएको इजरायलको रोजगारी ६ महिनापछि सुरु

रोकिएको इजरायलको रोजगारी ६ महिनापछि सुरु

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता ९एसईसी० सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com