२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्नुपर्छ : गृहमन्त्री खाण

सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्नुपर्छ : गृहमन्त्री खाण

जनसेवा न्युज डटकम संवाददाता

गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका हुन् ।

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए । मन्त्री खाणले ७५३ वटा स्थानीय तहहरुमध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए ।

बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला वि।क।ले कुमारी आमाहरुलाई पनि एकल महिलाको रुपमा लिई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन् । उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा ९एमाले० का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराए । उनले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए । उनले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने धारणा राखे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताए । धनि मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com