२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

अशोक राइलाई फकाउन उनकी पत्नीलाई मन्त्री बनाउने तयारी 

अशोक राइलाई फकाउन उनकी पत्नीलाई मन्त्री बनाउने तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राइलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन्। यद्यपि श्रेष्ठ सांसद होइनन्। जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो। तर उनले समानुपातिक सांसद हुने मौका पाइनन्।

जसपा स्रोतका अनुसार विशेष परिस्थिति भन्दै यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन्। यादवनिकट एक नेताले भने, ‘पार्टीभित्र उत्पन्न विशेष परिस्थितिमा उहाँ (यादव) ले सुशील श्रेष्ठज्यूलाई मन्त्रीमा सिफारिस गर्न खोज्नुभएको हो। यो बाध्यता प्रधानमन्त्रीले पनि बुझ्नुपर्छ। प्रधानमन्त्रीलाई कार्यकारिणी अध्यक्षज्यूले कन्भिन्स गर्नुपर्छ।’

पार्टीमा आफ्नो पक्षको प्रस्ट बहुमत देखाउन यादवले राईलाई फकाउन लागेका हुन्। राईले डा। बाबुराम भट्टराईलाई साथ नदिने हो भने भट्टराई पक्षसँग संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्दैन। यादवनिकट अर्का एक नेताले भने, ‘राई हाम्रो पक्षमा खुल्नुभयो भने उहाँहरूसँग ४० प्रतिशत परै जाओस्। २० प्रतिशत पनि पुग्दैन। सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याए पनि केही फरक पर्दैन।’ यो खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com