मेयर बालेनले सर्वोच्चमा पेस गरे लिखित जवाफ
मेयर बालेनले सर्वोच्चमा पेस गरे लिखित जवाफ
जनसेवा न्युज डटकम संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले निवेदकको दाबी निराधार रहेको जनाएका छन् ।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन गत १३ गते बालेनका नाममा आदेश दिएको थियो ।