२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरुभित्रै पहिरो जान सुरु गरेको छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दाबी गरेका छन् । भित्र–भित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटक–पटक दोहो¥याए । गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए ।

उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे । उपमहासचिव ज्ञवालीले भनेका छन्, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दवाव सृजना गर्न खोज्याछन । त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु । पहिलो कुरा, गठबन्धन कुनै शक्तिको, सवलताको, सक्षमताको प्रतिक होईन, यो दूर्वलताको प्रतिक हो । बलियोले लटठी टेक्दैन । बलियोले बैशाखी टेक्दैन ।’

त्यस्तै उनले कमजोरले मात्रै बैशाखी वा लटठीको सहारा लिने र कमजोरले मात्रै गठबन्धन गर्ने उल्लेख गर्दै थप भने, ‘बलियोले गठबन्धन गर्दैन । सत्ताले प्रतिपक्षसँग गठबन्धन गर्दैछ भनेपछि आधा लडाईँ त हामीले त्यसै जित्यौं । हामी सक्दैनौ भनेको हो नि त, उहाँहरुले । यो गठबन्धनलाई कुनै पनि भयको रुपमा लिन जरुरी छैन । विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं । उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन । तर जतिसुकै गरेपनि उनीहरुले यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन ।’

उनले थपे, ‘गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ । नेपालगञ्जमा जसपाले मान्दिन भन्यो । पर्सामा काँग्रेसले सम्भव छैन भन्यो । रोल्पामा हुँदैन भनेर आजभाली नै वक्तव्य आउने अवस्था छ । अरु धेरै ठाउँमा यो पहिरो जानेवाला छ । चितवनका काँग्रेस के गर्छन्, यो उनीहरुको कुरा हो । तर, जे हुँदा पनि हामीलाई पोलिटिकल्ली, मोरल्ली र गणितीय रुपमा पनि हामी हिसाब–किताब लिन्छौं ।’

त्यस्तै उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com