२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ :नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसका एक समूह र एमालेले आफूलाई निर्वाचनमा एक नम्बरमा हराउने निर्णय नै गरेको समेत बताए । कांग्रेसभित्र प्रधानमन्त्री एकतावद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर भएपनि अरुलाई हराउने पक्षमा रहेको उनले बताए ।

खनालले चूनावमा पराजयको डरले आफूहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे । त्यस्तै उनले जनतालाई भ्रममा पारेर नभई व्यवहारिक रुपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राखे ।

खनालले यहि गतिमा पार्टी अघि बढे दुई तीन बर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com