२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रज्ञा प्रतिष्ठानकाे नियुक्तिमा समावेशी नभएकाे आराेप

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । सरकारले बिहिवार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई सपथ पनि गराएका थिए ।

जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन । ‘सबिधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त बिपरित गरिएका नियुक्तिहरुलाई सच्चाई समानुपातिक समावेशीको मुल मर्म अनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com