२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

झापामा २३ वर्षीय युवकद्वारा आफ्नै आमा र काकाको हत्या

झापामा २३ वर्षीय युवकद्वारा आफ्नै आमा र काकाको हत्या

विराटनगर( झापाको कमल गाउँपालिका–२ सिमलडाँडीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा र काकाको हत्या गरेका छन् । माझीले गए राती करिब साढे १० बजे आमा चन्द्रकला माझी र काका सन्तबहादुर माझीको हत्या गरेका हुन् ।

माझीले सुतिरहेका काका ५० वर्षीय सन्तबहादुरमाथि पहिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनले ५० वर्षीया आमा चन्द्रकलालाई पनि सुतिरहेकै ठाउँमा हत्या गरेको जनाइएको छ ।

हत्यापछि भाग्दै गरेका चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार पहिल्यैदेखिनै पारिवारिक विवाद देखिएको जानकारी दिँदै चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको आशंका रहेको छ । यद्यपि घटनाको अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com