२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रतिनिधिसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

काठमाडाैं- संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेकाे छ ।

त्यस्तै “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने, “भन्सार विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने,  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com