२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित, युवराज सफल भए संयोजक

नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित, युवराज सफल भए संयोजक

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरेका छन् ।

वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।

गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।

उनले केपी ओली,प्रचण्ड,माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखे लगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com