२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

युक्रेनको आवासीय भवनमै रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

युक्रेनको आवासीय भवनमै रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

किभ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गर्नु भएको छ । कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उहाँको दावी छ ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com