२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

एजेन्सी । लिबियाको संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् ।
लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।

स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका छन् भने केही अन्तर्राष्ट्रिय टेलिभिजनहरुले संसद भवनको केही भाग जलेको समाचार प्रसारण गरेका छन् । यसअघि शुक्रबार अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले संसद विघटन र नयाँ चुनावको माग गरिरहेका छन्।

लिबियाले पछिल्ला महिनादेखि विद्युत कटौती मार खेपिरहेको छ भने तेलमा भएको नाकावन्दीले राजनीतिक अस्थिरता निम्तिँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com