२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

छानबिन समितिलाई मद्दत गर्नको लागि राजीनामा दिएको हुँ : जनार्दन शर्मा

छानबिन समितिलाई मद्दत गर्नको लागि राजीनामा दिएको हुँ : जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापश्चाद् संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।

उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ति नगरेको दोहो¥याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए । अर्थमन्त्री शर्र्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्माविश्वास प्रष्ट हुने बताए । उनले स्थापित मूल्य, मान्यता, विधि, पद्धतीका आधारमा बजेट प्रश्तुत र निर्माण गरेको उल्लेख गरे ।

उनले भने, ‘मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनता समक्ष आउँछ । मैले गरेको आत्माविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ । छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो ।’

उनले थपे, ‘मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतीका आधारमा बजेट प्रश्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com