२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

एमालेले विरोध गर्न थालेपछि बल्ल अर्थमन्त्रीले राजीनामा दिन बाध्य भए : सचिव भट्ट

एमालेले विरोध गर्न थालेपछि बल्ल अर्थमन्त्रीले राजीनामा दिन बाध्य भए : एमाले सचिव भट्ट

बझाङ । एमालेको केन्द्रीय सचिव लेखराज भट्टले सरकारका अर्थमन्त्री जनार्दन शर्माले एमालेको अगाडी घुँडा टेक्न बाध्य भएको बताएका छन् ।

बझाङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै भट्टले राज्यविरुद्धको अपराध गरेर पनि सरकार निरीह भएको आरोप लगाए । भट्टले एमालेले विरोध गर्न थालेपछि बल्ल अर्थमन्त्रीले राजीनामा दिन बाध्य भएको बताए ।

‘अनधिकृत व्यक्तिसँग साठगाँठ गरेर करका दायराहरू हेरफेर गर्नु नैतिकहीन मात्र होइन राज्य विरुद्धको अपराध हो’ उनले भने ‘ यति हुँदा पनि सरकार मौन बस्यो एमालेले विरोध सुरु गरेपछि राजीनामा दिन बाध्य भए ।’

एमालेले विरोध नगरेको भए अझै पनि राज्य विरुद्धको अपराधमा अर्थमन्त्री लागिरहने उनले विश्लेषण थियो । अर्थमन्त्रीकै कारण देश सङ्कटमा गुज्रिरहेको उनले टिप्पणी गरे ।

गठबन्धनका कारण देश अझै समस्यामा परेको भन्दै तत्काल यसको विकल्प आवश्यक रहेको उनले औँल्याए ।

‘हाम्रो पालामा देशमा ढुकुटी भरिएको थियो गठबन्धनको सरकारले त्यसको सत्यानाश गरेको छ । अब जनता आक्रान्त भएका छन् । सरकारको विकल्पको खोजी भइरहेको छ’ उनले भने ।

अहिले एमालेप्रतिको आकर्षण पनि बढिरहेको भट्टले दाबी गरे ।

‘माओवादी भित्रै थुप्रै असन्तुष्टि छन् । जनार्दन वर्षमान र प्रचण्डको कार्यशैली माओवादी कार्यकर्ताले मन पराएका छैनन् ।उनीहरू हामीसँग आउन चाहिरहेका छन्’ उनले भने ‘हामी सबैलाई पार्टीमा भित्राउन लागिपरेका छौँ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोराको सालिक अनावरण गरेको प्रति पनि भट्टले टिप्पणी गरे ।

‘यही बझाङका गरिब जनाएका छोराहरूले शाहगत प्राप्त गरेका थिए परिवर्तनका लागि तर, उनीहरूको सालिक त के सम्झना पनि छैन । तर प्रचण्ड आफ्नो छोराको सालिक अनावरण गर्न थालेका छन् । के यही परिवर्तन हो ? ’ भट्टले प्रश्न गरे ।

संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले तयारी थालेको भन्दै उनले कार्यकर्ताहरूलाई पनि तयार निर्देशन दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com