२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्र र अर्थमन्त्री स्वयंले दिनुपर्छ : झलनाथ खनाल

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्र र अर्थमन्त्री स्वयंले दिनुपर्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरुको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैँले दिनुपर्ने बताएका हुन् ।

उनले अर्थमन्त्रीमाथि उठेको सवालहरुको हेलचेक्र्याँइ गर्नु नहुने बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरुलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताए । बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ । यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ । यस्ता सवालहरुमा हामीले हेलचेक्र्याँइ गर्नु हुँदैन । लिपपोत पनि गर्नु हुँदैन । मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने । अनि काममा त्यो नगर्ने खालको कुराहरु हुनु हुँदैन । सबैकुरा पारदर्शी हुनुपर्छ । र कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ ।’

अर्थमन्त्री शर्मा माथिको आरोपको विषय गठबन्धनमा छलफल योग्य विषय भएपनि हालसम्म गठबन्धनमा छलफल नभएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com