२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

हवाई भाडा फेरि बढ्यो (भाडादरसहित)

हवाई भाडा फेरि बढ्यो (भाडादरसहित)

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्यवृद्धिसँगै फेरि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाउन बाध्य भएका हुन् ।

बुधबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि भएको जानकारी दिइएको छ । जारी सूचनामा काठमाडौंदेखि धनगढीका लागि सबैभन्दा धेरै भाडा वृद्धि भएको छ । काठमाडौं–धनगढीका लागि २२० रुपैयाँ भाडा बढेको छ ।

भाडा वृद्धि भएसँगै अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने सूचनामा भनिएको छ । यस्तै, काठमाडौंदेखि सुर्खेत पुग्न १४ हजार ९९५ रुपैयाँ लाग्नेछ । यस रुटमा १ ७० रुपैयाँ भाडा वृद्धि भएको छ ।

तेस्रोमा काठमाडौंबाट पर्वतीय उडानका लागि भाडा १४ हजार ८९० रुपैयाँ रहेको छ । भाडा वृद्धि १७० नै रहेको छ । । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com