२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

सुरक्षित रुपमा तानसेन–बुटवल सडकखण्डमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

सुरक्षित रुपमा तानसेन–बुटवल सडकखण्डमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडक खण्ड सुरक्षित रुपमा यातायात सञ्चालन हुनेगरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले यस्तो माग गरेका हुन् ।

उनले सो सडक खण्डमा जुनसुकै बेला पनि सुख्खा पहिरो जान सक्ने, ढुंगा खस्न सक्ने, भाँसिने समस्या रहेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद रानाले भने, ‘नेपालका जोखिमयुक्त सडकहरुमध्ये सिद्धार्थ राजमार्गका तानसेन–बुटवल खण्ड पनि एक हो । यहाँ जुनसकै बेला सुख्खा पहिरो जाने, ढुंगो खस्ने, पहिरो जाने, सडक भाँसिने गरेर प्रत्येक वर्ष सवारी साधन तथा मानवीय क्षति पु¥याइरहेको छ । यो सडकमा नहिँडी उपाय छैन, तर सुरक्षित छैन ।’

उनले थपे, ‘सरकारले प्राथमिकताका साथ सडक सुधार पनि गर्दैन । त्यसैले सबै जनाले यो सडकलाई मृत्युमार्ग घोषणा गरेका छन् । उक्त सडक खण्डमा तत्काल पहिरो पन्छाउने, कालोपत्रे गर्ने काम गरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने व्यवस्था गर्न सरकारको ध्यान जाओस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com