२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित

एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो ।

बजेट माथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको बताए ।

‘नेकपा एमाले सदैव रचनात्मक र सृजनात्मक सहकार्य तयार रहेको छ,’ उनले भने, ‘हामी दिएको साथलाई सत्ता पक्षले कमजोरी ठानेको छ, हामीले देखाएको उदारतामा कमजोरी ठानेर मनमौजी ढंगले आफ्ना कामहरु गर्र्दै गएको छ ।’ प्रदेश सरकारले टुक्रे बजेट बाँडेको प्रति उनीहरुको असन्तुष्टि थियो ।

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरुबीच छलफल गरिरहेका छन् ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com