२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अरबबाट अमेरिका पुग्यो ‘परदेशी २’ असोज १४मा रिलिज

अरबबाट अमेरिका पुग्यो ‘परदेशी २’ असोज १४मा रिलिज

काठमाडौं . नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत तय गरेको हो । दसैंको टीकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

साढे २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो ।

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरबाट आँकलन गर्न सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको टिजरले संकेत गर्छ । प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।

चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको अभिनय छ । बि।बि। अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।

सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com