२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

तलब नदिएपछि अन्नपूर्ण मिडियाविरुद्ध ११ पत्रकारले हाले श्रम कार्यालयमा उजुरी

तलब नदिएपछि अन्नपूर्ण मिडियाविरुद्ध ११ पत्रकारले हाले श्रम कार्यालयमा उजुरी

काठमाडौँ । काम गरेबापत तलब नपाएपछि नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रा.लि (अन्नपूर्ण मिडिया नेटवर्क) विरुद्ध उजुरी दर्ता भएको छ । शुक्रबार श्रम कार्यालयमा पूर्व अन्‍नपूर्णकर्मी ११ जनाले श्रम कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

कोभिड–१९ को समयमा काम गरेबापत आधा मात्र तलब दिएपछि उनीहरूले तलबको माग गर्दै उजुरी दर्ता गरेको बताएका छन् ।

पुष्पराज आचार्य, विमल आचार्य, सामीप्यराज तिमल्सेना, जीवन कुँवर, आकाश क्षेत्री, सृजना खड्‍का, पवन तिमल्सिना, केदार गौतम, लोकबहादुर कट्‌वाल, विनोदविक्रम केसी र संगीता श्रेष्ठले उजुरी हालेका हुन् ।

उनीहरूले काटिएको तलब माग गरेका छन् । त्यस्तै आधा दिएको तलबबाट काटिएको कर अझै दाखिला नगरिएको पनि उजुरीमा उल्लेख छ ।

तलबको माग गर्दै पीडितहरूले पत्रकार महासंघ केन्द्रीय समिति र सूचना विभागमा पनि यसअघि उजुरी दिएका थिए । छलफलको क्रममा अन्‍नपूर्णले तलब नदिने अडान लिएपछि महासंघ र विभागको सहयोगमा पीडितहरूले श्रममा उजुरी दर्ता गरेका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com