२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

जबरजस्ती करणी मुद्दामा एकीकृत समाजवादीका युवा नेता पक्राउ

जबरजस्ती करणी मुद्दामा एकीकृत समाजवादीका युवा नेता पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली पक्राउ परेका छन् । प्रहरी बृत्त, सोह्रखुट्टेका अनुसार प्रेमिकासँग कयौं रात बिताएर पनि विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो ।

नेपालीलाई शुक्रबार ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको हो । उनी विहीबार राति प्रेमिकासहित सो होटलमा पुगेका थिए ।

युवतीले आफूमाथि यौनजन्य दूव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएको हो । नेपालीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com