२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

जर्नादन शर्मामाथि मंगलबारदेखि छानबिन सुरु

जर्नादन शर्मामाथि मंगलबारदेखि छानबिन सुरु

काठमाडौं । बजेट निर्माण गर्दा बिचौलिया प्रयोग भएको आरोपपछि पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

शुक्रबार नयाँबानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानविन समितिका ११ सदस्यसँग निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविनका लागि सहजीकरण बैठक गरेका छन् ।

असार २२ गते प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेर निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन गर्न भनेको थियो । समितिलाई छानविनका लागि १० दिनको समय तोकिएको छ ।

छानविन समितिमा प्रतिपक्षी दल नेकपा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक रहेका छन् । सत्तारुढतर्फ नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र शक्तिबहादुर बस्नेत, काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो रहेका छन् । यस्तै, एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, लोसपाबाट लक्ष्मणलाल कर्ण र जसपाबाट सुरेन्द्रप्रसाद यादव छानविन विशेष समितिमा रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com