२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मन्त्रिपरिषद बैठकले आजै नागरिकता विधेयक फेरि प्रस्तुत गर्छ : गृहमन्त्री खाँण

मन्त्रिपरिषद बैठकले आजै नागरिकता विधेयक फेरि प्रस्तुत गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले प्रतिनिधि सभामा अहिले भएको नागरिकता सम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताए ।

उनले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताए । उनले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा पेस हुनेपनि जानकारी गराए । उनले नागरिकताको कारणले राष्ट्रवादलाई बलियो बनाउन सकिनेमा विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले सबै राजनीतिक दलहरुले अब संसदमा पेश हुने नागरिकता सम्बन्धी विधेयकलाई सहमतीमा पारित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले सबै राजनीतिक दलहरुको सहमतीमा पास गर्न सकौँ । शीघ्र पास गर्न सकौँ भन्ने नै सरकारको मुल ध्येय हो । यस सन्दर्भमा सदनका सबै राजनीतिक नेताहरुसँग, प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग पनि हामीले बारम्बार आग्रह गरिराखेका छौँ । अहिलेको यो अवस्थालाई हामीले गाँठो फुकाउँ । यो हाम्रो राष्ट्रिय समस्या नै भइसक्यो ।’

उनले फेरि भने, ‘नागरिकताबाट बञ्चित भएकाहरुलाई हामीले नागरिकता दिलाऔँ । हाम्रो सदन सबै नेपाली नागरिकहरु चाहे हिमाल, पहाड वा तराईमा बस्ने । पूर्व मेची पश्चिम महाकाली सबै नै राष्ट्रवादी हुनुहुन्छ । सबैको मुटुमा राष्ट्रवाद छ । हामी सबैले नै नेपाल सम्हाल्ने हो । त्यसकारणले नागरिकताको कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस् । युवाहरुको मन, मस्तिष्कमा अहिले जुन खालको दुविधा छ, फ्रस्टेसन छ नागरिकता नपाएर । उनीहरुलाई नागरिकता दिन सकियोस् । त्यसका लागि नै हामीले यो विधेयकलाई फिर्ता लिएर अर्को विधेयक प्रस्तुत गर्नका लागि नै हामीले गृहकार्य गरेको हो । आजै नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक बस्नेछ । आजै नागरिकता विधेयक फेरि प्रस्तुत हुनेछ ।’

उनले थपे, ‘त्यो विधेयकमा जुन खालका माननीयज्यूहरुले चासो राख्नुभएको छ, ति चासोहरुलाई गम्भीरतापूर्वक नै सम्बोधन गरिनेछ । यो अहिले यत्तिकै यथास्थितिमा बसिरहँदा नागरिकता वितरण गर्ने काममा बाधा उत्पन्न भएको कारणले बाधा पन्छाउनका लागि नै फिर्ता लिएको हो । त्यसको लागि सार्थक प्रयत्न गर्नका लागि फिर्ता लिएको हो ।’

त्यस्तै उनले सरकारले पेस गर्ने नागरिकता सम्बन्धी विधेयक पूर्ववर्ती विधेयकलाई नै मुल आधार बनाएर ल्याइने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com