२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

बुढीगङ्गा अपडेटः चार वटा वडा जित्दा प्रमुखमा एमाले दोब्बर मतले अगाडि

बुढीगङ्गा अपडेटः चार वटा वडा जित्दा प्रमुखमा एमाले दोब्बर मतले अगाडि

कैलाली । बाजुराको बुढीगङ्गामा मतगणना भइरहेको छ । चार वटा वडा जितेको एमाले मेयर र उपमेयर दुवैमा अगाडि छ ।

नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,४४३ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२९१ र उपमेयररीता शाहीले १,३१२ मत पाएका छन् ।

एमाले मेयरमा १,१५१ र उपमेयरमा १,१०१ मतले अघि छ । अहिलेसम्म ३,९६२ मत गणना भएको छ ।

एमालेले ४ वटा वडा जित्दा १ मा कांग्रेस र ३ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com