२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !

भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !

जनसेवा न्युज डटकम संवाददाता

चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो ।

यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो । महालेखा नियन्त्रकका अनुसार आज आइतबार मात्र चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ भने पुँजीगत तर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।

चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको सरकारले अन्तिमसम्ममा कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो ।

समग्रमा यस वर्ष विनियोजित बजेटको १४.२ प्रतिशत बजेट खर्च गर्न सकेन । तथापि, यस्तो खर्च पुँजीगततर्फ अझ ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोे सरकारले असार २६ गतेसम्म जम्मा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो । विनियोजित बजेटको आधा मात्र खर्च गर्न हुन सकेकोमा पुँजीगत (विकास) खर्च आधा नै फ्रिज हुने देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) अनुसार सरकारी कार्यालयहरूबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै सम्पूर्ण रोक्नुपर्ने व्यवस्था छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com