२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

जापानमा सत्ता गठबन्धनलाई दुई तिहाइ, संविधान संशोधन गर्न सक्ने

जापानमा सत्ता गठबन्धनलाई दुई तिहाइ, संविधान संशोधन गर्न सक्ने

एजेन्सी । जापानमा आइतबार भएको माथिल्लो सदनको चुनावमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धनलाई दुई तिहाइ बढी मत आएको छ।

न्युयोर्क टाइम्सका अनुसार १२५ सदस्यीय माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले ७० प्रतिशतभन्दा बढी सिट जितेको छ।

चुनावको अन्तिम औपचारिक परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।

लिबरल डेमोक्र्याटिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानी हत्या गरिएको दुई दिनपछि भएको चुनावमा मतदाताले आबेप्रति सहानुभूति देखाउँदै उनको दललाई मत हालेको देखिन्छ।

चुनावी अभियानका क्रममा शुक्रबार बिहान दक्षिण पश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो। दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको डेमोक्र्याटिक पार्टीमा बलियो प्रभाव थियो।

माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत पाएपछि अब जापानको सरकारले संविधान संशोधन गर्न सक्नेछ। तल्लो सदनमा पनि गठबन्धनको दुई तिहाइ बहुमत छ।

जापानमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले तयार पारिदिएको शान्तिवादी संविधान छ।

पूर्वप्रधानमन्त्री आबे उक्त संविधानका केही धाराहरू परिवर्तन गर्न चाहन्थे। अहिले मतदाताले सत्ता गठबन्धनलाई दुई तिहाइ मत दिएर आबेको त्यो योजना पूरा गर्ने वातावरण बनाइदिएका छन्। प्रधानमन्त्री फोमिओ किसिदाले संविधान संशोधनको विधेयक संसदमा लैजाने बताएका छन्।

कोरोनाभाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमणले अर्थतन्त्रमा पारेको असरजस्ता विषयबीच संविधान संशोधन मुद्दालाई गठबन्धनले कसरी अघि बढाउँछ भन्ने यकिन छैन।

‘पूर्वप्रधानमन्त्री आबेका विचारहरू आत्मसात् गर्नु मेरो जिम्मेवारी हो,’ आबेको निधनपछि प्रधानमन्त्री कासिदाले भनेका थिए।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com